-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । सहकारी ठगी आरोपमा काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं १२ का वडाध्यक्ष नुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।
ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको हो ।
महर्जन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचत भएका थिए ।