arrow

सहकारी ठगीमा चन्द्रागिरीका एमाले वडाध्यक्ष महर्जन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ८ सोमबार
nhuchheman-maharjan.jpg

काठमाडौँ । सहकारी ठगी आरोपमा काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं १२ का वडाध्यक्ष नुच्छेबहादुर महर्जन पक्राउ परेका छन् ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको हो ।

महर्जन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचत भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ