arrow

नेकपा एसमा जाँदै वामदेव, बन्यो वार्ता टोली

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ९ मंगलबार
bamdev-07-14.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गराउन दुवै पक्षले वार्ता टोली बनाएका छन् ।

गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियान र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकीकरणका लागि दुवै टोलीले वार्ता समिति बनाएका हुन् ।

गौतमका तर्फवाट अभियानका महासचिव डीबी कार्कीको नेतृत्वमा भगवती विष्ट र लोकनाथ धमला सदस्य रहेको तीन सदस्यीय वार्ता कमिटी गठन भएको छ भने एकीकृत समाजवादीबाट अध्यक्ष नेपाल, वरिष्ठ नेता प्रमेश हमाल र नेता बलराम बाँस्कोटा सदस्य रहेको वार्ता समिति बनाएका छन् ।

दुवै वार्ता टोलीले तय गरेको सैद्धान्तिक र नेतृत्वको विषयमा सहमति जुटेपछि एकता गर्ने गरी कुराकानी अघि बढिरहेको छ । 

हालै बसेको नेकपा एसको स्थायी समिति बैठकले गौतमलाई तेस्रो मर्यादाक्रममा राख्ने भनेर बाटो खुला राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ