arrow

भारत र पाकिस्तान दुबईमा भिड्ने गरी आयो च्याम्पियन्स ट्रफीको खेल तालिका 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १० बुधबार
cricket-india-pakistan-2023-09-10a.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले मंगलबार च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक गरेको छ ।

हाइब्रिड मोडलमा हुने प्रतियोगिता फेबुअरी १९ तारिखबाट शुरु भई मार्च ९ सम्म चल्नेछ । च्याम्पियन्स ट्रफीका खेलहरु १९ दिनमा १५ खेल हुनेछन् । दोस्रो सेमिफाइनल र फाइनलका लागि पनि रिजर्भ डे राखिएको छ । 

भारत र पाकिस्तानबीचको समूह खेल भने २३ फेब्रुअरीमा यूएईको दुबईमा हुनेछ । भारतले आफ्ना सबै खेल दुबईमा मात्र खेल्नेछ भने बंगलादेश र न्यूजिल्याण्ड पनि टोलीको समूहमा छन् । सेमिफाइनल पनि दुबईमै हुनेछ । 

यदि भारत फाइनलमा पुग्यो भने यो खेल पनि दुबईमा हुनेछ । प्रतियोगिताका बाँकी १० खेल भने आयोजक राष्ट्र पाकिस्तानमा हुनेछ । पाकिस्तान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो । उक्त टोलीले २०१७ मा भारतलाई फाइनलमा हराएर उपाधि जितेको थियो।

समुह ए मा भारत, पाकिस्तान, बंगलादेश र न्युजिल्याण्ड रहेका छन् भने दोस्रो समूहमा अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन् । 

४ र ५ मार्चमा २ वटा सेमिफाइनल हुनेछन् भने फाइनल खेल भने मार्च ९ मा हुनेछ ।

भारत र पाकिस्तानका टिमले एकअर्काको देशमा क्रिकेट खेल्ने छैनन् । च्याम्पियन्स ट्रफी २०२५ मा भारतका सबै खेलहरू तटस्थ स्थानहरूमा खेलिने छन् । 

पाकिस्तानी टोली पनि सन् २०२७ सम्म कुनै पनि प्रतियोगिताका लागि भारत आउने छैन । यसका खेलहरू तटस्थ स्थान अर्थात दुबईमा मात्रै हुनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ