arrow

बेलायती राजदूतले मनाए नेपाली परम्परा अनुसार २२ औँ वैवाहिक वर्षगाँठ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १३ शनिबार
bibaha-uk.jpg

काठमाडौँ  ।  नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले हिन्दु संस्कारअनुसार जनकपुरमा वैवाहिक वर्षगाँठ मनाएका छन् । मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएका फेन दम्पतीले वैवाहिक वर्षगाँठ मनाएका हुन्। 

त्रेता युगमा भगवान् रामजानकीले जनकपुरमै विवाह गरेले आफू वैवाहिक वर्षगाँठ मनाउन जनकपुरधाम आउन पाएकोमा हर्षित भएको बताए । फेनकी धर्मपत्नी जुलिया पनि मिथिलामा दुल्हीनले शौभाग्यका लागि पहिरने रातो सारी र चुनरी (सल) पहिरेकी छन् ।  

बेहुला र बेहुलीको लगनगाँठो कसेझैँ नवदुल्हा,दुल्हनझैँ जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उनीहरु जानकी मन्दिरमा दर्शन पनि गरे। फेनले जुलियालाई अँगुठी पनि पहिराएर वर्षगाँठ मनाए । उनीहरूले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रीतिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताए । 

जनकपुरधाममा आफ्नो २२ औँ वैवाहिक वर्षगाँठको सिलसिलामा विभिन्न कार्यक्रमहरूमा श्रीमतीसहित सहभागी हुन पाउँदा गौरवान्वित महसुस भएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ