arrow

नेकपा एससँग सैद्धान्तिक सहमति भयो, अब धेरै समय कुर्न नपर्ला- वामदेव  [भिडियो]

भीम रावललाई पार्टीमा प्रवेश गराउनेबारेमा पनि छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १७ बुधबार
bamdev-gautams.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) र नेता वामदेव गौतमको नेतृत्वमा रहेको एकता अभियानबीच पार्टी एकताको सैद्धान्तिक सहमति जुटेको छ । बुधबार नेकपा (एकीकृत समाजवादी) को पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारी र एकता अभियानका संयोजक गौतमबीच भएको छलफलपछि गौतमले समझदारी विकास गर्नेबारेमा छलफल भएको र एकता हुन धेरै समय कुर्न नपर्ने उल्लेख गरे । उनले भने, ‘समझदारी विकास गर्नेबारेमा छलफल भयो । अब धेरै समय कुर्न नपर्ला पार्टी प्रवेशका लागि ।’

छलफलपछि बोल्दै एकता अभियानका संयोजक गौतम र पार्टीका पदाधिकारीबीच छलफल भएको र छलफल सकारात्मक रहेको बताए । उनले राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा समेत छलफल भएको बताए । उनले एकताबद्ध भइ अघि बढ्नेबारे सैद्धान्तिक सहमति जुटेको बताए । 

उनले भने, ‘एकता अभियानका संयोजक वामदेव गौतमसँग हाम्रो पार्टीका पदाधिकारीहरू बसेर छलफल ग¥यौँ । छलफल धेरै विषयमा भयो, राजनीतिक, सैद्धान्तिक, वैचारिक विषयमा छलफल भयो । एतावद्ध भएर अघि बढ्ने सन्दर्भमा छलफल भयो । वामदेव कमरेड र हाम्रो बीचमा छिटै एकताबद्ध भइ सँगसँगै अघि बढ्ने एक खालको सैद्धान्तिक समझदारी भएको छ । एकता अभियानमा रहेका वामदेव कमरेडसँगै धेरै योगदान गर्नुभएका नेताहरूको व्यवस्थापनका कुराहरू भएको छ । हामी यी विषयहरू छिटै टुंग्याउँछौँ ।’

उनले नेता भीम रावललाई पार्टीमा प्रवेश गराउनेबारेमा पनि छलफल भइरहेको बताए । भीम रावललाई पार्टीमा स्वागत गर्न आफूहरू तयार रहेको बताए । उनले भीम रावलसँगको छलफल पनि सकारात्मक रूपमा अघि बढिरहेको दाबी गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ