जय ट्रफी क्रिकेटको दोस्रो चरणका खेलमा दुवै टिमको गतिलो ब्याटिङ शुरुआत
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २४ बुधबार
383
Shares
काठमाडौँ । जनकपुर र वीरगञ्जमा भइरहेको जय ट्रफी मेन्स एलिट कप क्रिकेटका दोस्रो चरणका खेलमा टिमहरुले गतिलो ब्याटिङ शुरुआत गरेका छन् ।
पहिलो खेलमा चार वटै टिमको ब्याटिङ खस्किएकामा दोस्रो चरणमा भने गतिलो ब्याटिङ शुरुआत भएको हो ।
पहिलो खेलमा मधेस प्रदेशले बागमती प्रदेशसँग तथा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग बराबरी खेलेको थियो । योगफल भने निकै नै कम बनेको थियो ।
आजदेखि दोस्रो चरणका खेल भइरहेका छन् । दुई दिवसीय खेलमा अहिले वीरगञ्जमा मधेस प्रदेशले नेपाल पुलिस क्लबसँग खेलिरहेको छ । मधेसले टस हारेर पहिले ब्याटिङ गर्दै उच्च योगफलतर्फ अगाडि बढिरहेको छ ।
त्यस्तै जनकपुरमा त्रिभुवन आर्मीले बागमती प्रदेशसँग खेल्दै ठोस शुरुआत गरेको छ ।
एक आपसमा दुई दिवसीय खेल खेलेपछि शीर्ष दुई टिमले उपाधिका लागि तीन दिवसीय फाइनल खेल खेल्नेछन् ।