arrow

आयल निगमको ५५ औँ वार्षिकोत्सव

निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययोजना बनाउन आवश्यक - उद्योगमन्त्री [भिडियो]

तेल मात्रै बेचेर मुनाफामा रमाउने कुरा लामो समयसम्म नरहने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २६ शुक्रबार
damodar-30.jpg

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमले नयाँ कार्य योजनाको खोजी गर्न आवश्यक रहेको बताएका छन्। शुक्रबार नेपाल आयल निगम लिमिटेडको ५५ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उद्योगमन्त्री भण्डारीले नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा रहेको भन्दै पेट्रोलियम ग्यास बाहेक अन्य व्यवसायको खोजी गर्नुपर्नेमा जोड दिए । 

उनले निगमले व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिएको उल्लेख गरे । उनले ५५ वर्ष पूरा गरेर अर्बको नाफा कमाउने र लाभांश बाँड्ने मात्रै भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौती लगायतका विषयलाई लिए नयाँ कुराको खोजी गर्न आवश्यक रहेको बताए । मन्त्री भण्डारीले निगमले तेल मात्रै बेचेर मुनाफामा रमाउने कुरा लामो समयसम्म नरहने बताए । 

उनले पेट्रोलियम पदार्थको विकल्पको सिर्जना भएकाले अब निगमको प्रवन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरूमा पर्ने नयाँ खालको काम खोज्ने कार्य योजना बनाउन निगम नेतृत्वलाई निर्देशन दिए । उनले नयाँ कार्यको खोजी गरिएन भने तेल मात्रै बेचेर संस्था खुम्चँदै धरापमा पर्न जाने बताए । उनले निगमको ग्राफलाई बढाउन आवश्यक रहेको बताए । उनले अत्यावश्यक वस्तुको ढुवानी,व्यवस्थापन,वितरण र व्यवसायीकतामा निगमले सफलता पाए पनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक रहेको बताए । 

उनले निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था भएकाले निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययाजना बनाउन आवश्यक देखिएको उल्लेख गरे । उनले प्रट्रोलियमसँगै जोडिएको एलपीजी ग्यासलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयलाई पनि प्रस्ताव चाँडै निर्णय हुने अवस्था रहेको बताए ।

उनले भने,‘ नेपाल आयल निगमको हरेक वर्ष व्यापार घट्दो अवस्थामा छ । व्यापारको नयाँ विकल्प खोज्न जरुरी देखिन्छ । ५५ वर्ष पूरा गरे अर्बको नाफा गर्‍यौं,लाभांश बाँड्यौँ भन्दा पनि आगामी दिनको यात्रामा आउने चुनौती लगायत नयाँ कुराको खोजी गर्नु आवश्यक छ । तेल मात्रै बेचेर मुनाफा कमाएर रमाउने धेरै लामो समय छैन । निगमको प्रवन्धपत्रसँग जोडिएका अधिकार क्षेत्रहरूमा पर्ने नयाँ खालको काम खोज्न वाञ्छनीय ठान्दछु । नयाँ कार्यको खोजी गरिएन भने तेल मात्रै बेचेर संस्था खुम्चिएर संस्था धरापमा पर्न जान्छ । निगमको ग्राफलाई बढाउन आवश्व छ । निगमप्रतिको आम मानिसहरूको बुझाई राम्रो देखिँदैन । अत्यावश्यक वस्तुको ढुवानी,व्यवस्थापन,वितरण र व्यवसायीकतामा सफलता पाए पनि बाहिरबाट हेर्ने दृष्टिकोण फरक पाइएको छ । निगम अत्यावश्यक वस्तुको सेवामा भरपर्दो संस्था हो । निगमलाई नयाँ ढङ्गमा लैजान कार्ययाजना बनाउन आवश्यक छ । प्रट्रोलियमसँगै जोडिएको एलपीजी ग्याँसलाई पनि पाइपलाइनबाट बोटलिङ गरी गुणस्तर र भरपर्दो बनाउने विषयलाई पनि प्रस्ताव चाँडै निर्णय हुने अवस्था छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ