arrow

यू-१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २९ सोमबार
nepal-women-cricket-2081-09-29.jpg

काठमाडाैँ । आइसीसी यू-१९ महिला टी-२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ ।

वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो । मलेसियामा सोमबार भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो ।

नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो । नेपालका लागि सिमाना केसीले २३, पूजा महतोले १८, किरण कुँवरले १८ र सोनी पाख्रिनले १५ रन बनाए ।

बलिङतर्फ वेष्ट इन्डिजकी त्रिशा हरदत, आलिया विकीज र आमिया गिल्बर्टले दुई-दुई विकेट लिइन् । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा चार विकेट गुमाएर एक सय नौ रन बनाएको थियो ।

वेष्ट इन्डिजका लागि जजारा क्लक्सटनले अविजित २२ रन बनाइन् । यस्तै कप्तान समारा रमनथले २५ र अबिगेल ब्राइसले १९ रनको योगदान दिइन् ।

बलिङतर्फ नेपालकी सिमाना केसी र रचना कुमारी चौधरीले एक-एक विकेट लिइन् ।

नेपालले दोस्रो अभ्यास खेल आगामी माघ २ गते अमेरिकासँग खेल्नेछ ।

माघ ५ गतेदेखि मलेसियामा सुरु हुने यु-१९ महिला टी-२० विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ ।

उक्त समूहमा बङ्गलादेश, स्कटल्याण्ड र अस्ट्रेलिया छन् ।

नेपालले माघ ५ गते बङ्गलादेशसँग, माघ ७ गते स्कटल्यान्डसँग र माघ ९ गते अस्ट्रेलियासँग खेल्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ