एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडा चाडै 'द कपिल शर्मा' शोमा देखिदै छिन् । शोको सुटिङ पुरा भएको छ ।
कपिल शर्माले शोलाई यस बर्षकै हास्य प्रदायक एपिसोड बनाउन लागि परेको बताएका छन् । चर्चित कमेडियन कपिल शर्माले शोमा प्रियंकालाई बलापनको रमाइलो अनुभव सुनाउन आग्रह गरेका छन् । प्रियंकाले हास्दै स्कूल पढदाको समय बाँदरले थप्पड लगाएको सम्झना सुनाएकी छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार प्रियंकाले बलापनको अनुभव सुनाउदै भनिन्- 'म स्कूलबाट घर फर्कदै गर्दा एउटा बाँदर रुखमा झुन्डि रहेको देखे । सो दृश्य देखेर मैले हाँसो रोक्न सकिन ।' प्रियंकाले थपिन्- ' म हाँसेको देखेर बाँदर अचानक मेरो छेउमा आयो मैले के गर्ने केहि सोच्न सकिन । बाँदरले मलाई जोडले एक थप्पड लगायो र आनन्दले रुखमा गयो । त्यस समय मेरा आँखा रसाए ।'
सो बाक्य सुनेर सेटमा रहेका सबै दर्शकहरु पेट मिचि मिचि हाँसे । प्रियंका चोपड़ले उक्त शोमा अन्य रोचक खुलासा गरेको बताइएको छ ।