arrow

स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलन

रविको मुद्दामा आजै आदेश आउने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
ravi-ktm-court.jpg

काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा आजै आदेश आउने भएको छ । 

सरकारवादी पक्ष र लामिछाने पक्षका वकिलहरूले बहस सकिएसँगै यो मुद्दामा आदेश आउने भएको हो ।

जाहेरीवालाको तर्फबाट भइरहेको थुनछेक बहस नसकिएपछि उनी गत आइतबारदेखि काठमाडौँ प्रहरीको हिरासतमा रहेका छन् ।

 काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासमा उनको थुनछेक बहस  सकिएपछि आदेश आउने भएको हो  ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहित माथि लागेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ