arrow

स्वर्णलक्ष्मी सहकारी बचत रकम अपचलन

रविलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ अदालतको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २ बुधबार
ravi-ktm-court.jpg

काठमाडौँ । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ ।

 स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश दिएको हो । 

सरकारवादी पक्ष र लामिछाने पक्षका वकिलहरूले बहस सकिएसँगै मुद्दाको आजै आदेश आएको हो । उनी गत आइतबारदेखि काठमाडौँ प्रहरीको हिरासतमा रहेका थिए ।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहित माथि छ ।

रविलाई यसअघि रुपन्देही, चितवन र पर्सा सरकारी वकिलको कार्यालयले बयान लिइसकेको छ । काठमाडौँको मुद्दापछि उनलाई चितवन, रुपन्देही र पर्साले पनि बोलाउने सम्भावना छ । 

यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ