नेपाल विश्वकप खोखो प्रतियोगिताको फाइनलमा, रच्यो इतिहास
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ५ शनिबार
9k
Shares
काठमाडौँ । नेपाली महिला राष्ट्रिय खोखो टोली विश्वकप प्रतियोगिताको फाइनलमा पुगेको छ । नेपालले सहभागिता जनाउने खेलअन्तर्गत विश्वकपको फाइनलमा पुगेको यो पहिलो ऐतिहासिक सफलता हो ।
भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्थी इन्डोर खेल मैदानमा शनिबार भएको सेमिफाइनल खेलमा नेपालले युगान्डालाई ८९–१८ को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । नेपालको महिला टोली अपराजित रहँदै फाइनल पुगेको हो ।
महिलातर्फ समूह ‘सी’मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० ले र चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ ले पराजित गरेको थियो । यसैगरी क्वाटरफाइनल खेलमा नेपालले इरानलाई १०३–८ अङ्कको अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको थियो ।
यता पुरुषतर्फ नेपाली टोली सेमिफाइनलमा पुगेको छ । नेपाली पुरुष टिमले बंगलादेशलाई ६७–१८ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । सेमिफाइनलमा नेपाली पुरुष टिमले इरानसँग खेल्ने छ ।