arrow

खो खो विश्वकपमा नेपाल पुरुष र महिलातर्फ उपविजेता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ७ सोमबार
kho-kho-nepal-worldcup-male.jpg

काठमाडौँ । पहिलो पटक आयोजना गरिएको खो खो विश्वकप प्रतियोगितामा नेपाल उपविजेता भएको छ । नेपालको पुरुष टोली र महिला टोली उपविजेता बनेको हो । 

दुवैतर्फका फाइनलमा नेपाल भारतसँग पराजित भएको हो । भारतको नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी इन्डोर हलमा माघ ६ गते राति सम्पन्न फाइनल खेलमा नेपाल आयोजक भारतसँग ५४–३६ अङ्कले पराजित भएको हो । 

पुरुषतर्फ नेपाल समूह ‘ए’को उपविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । नेपाल पहिलो खेलमा भारतसँग ४२–३७ अङ्कले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले पेरूलाई ८०–३४ अङ्कले, तेस्रो खेलमा ब्राजिललाई १३४–८ अङ्कले तथा चौथो खेलमा भुटानलाई ९८–८ अङ्कले हराएको थियो । 

नेपालले क्वार्टरफाइनलमा बङ्गलादेशलाई ६७–१८ अङ्कले तथा सेमिफाइनलमा इरानलाई ७२–२० अङ्कले पराजित गरेको थियो । 

महिलातर्फ नेपाल उपविजेता
नेपाल फाइनल खेलमा भारतसँग पराजित भएको हो । भारतको नयाँ दिल्लीस्थित ईन्दिरा गान्धी इन्डोर हलमा सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७८–४० अङ्कले पराजित भएको हो । 

यसअघि सेमिफाइनल खेलमा नेपालको महिला टोलीले युगान्डालाई ८९–१८ अङ्कले पराजित गरेको थियो । क्वार्टरफाइनल खेलमा भने नेपालले इरानलाई १०३–८ अङकको हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । 

समूह ‘सी’ मा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ अङ्कले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ अङ्कले, तेस्रो खेलमा श्रीलङ्कालाई ११०–१० अङ्कले तथा चौथो खेलमा बङ्गलादेशलाई ८४–२४ अङ्कले पराजित गरेको थियो । 

महिला टोली अपराजित रहँदै फाइनलमा पुगेको थियो । 

नेपालको कुनै पनि खेलबाट विश्वकपको फाइनलमा पुगेको यो पहिलो पटक हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ