arrow

४७ औं अमेरिकी राष्ट्रपतिमा ट्रम्पको शपथ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
trump-2025.jpg

काठमाडौँ । डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण  गरेका छन् । 

उनलाई प्रधान न्यायाधीश जोन रोवर्टले सपथ ग्रहण गराएका हुन् ।  ह्वाइट हाउसमा ट्रम्पको यो दोस्रो कार्यकाल हो ।

त्यसअघि अमेरिकी उपराष्ट्रति निर्वाचित जेम्स डेभिड भेन्सले पनि अमेरिकी उपराष्ट्रति पदको सपथ लिएका थिए ।  

राष्ट्रपति ट्रम्पको शपथ ग्रहण समारोहमा अमेरिकी पूर्व राष्ट्रपतिहरु, उद्योगपति र विश्वका राजनीतिज्ञहरुको पनि उल्लेख्य उपस्थिति थियो ।

शपथ ग्रहण गरेपछि उनले अमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट  पारे । 

उनले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे

ट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गरे । 

"यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो।  यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ।" उनले भने । 

शपथ लिएपछि ट्रम्पले करिब २०० कार्यकारी आदेशमा हस्ताक्षर गर्ने बताइएको छ । यीमध्ये केही निर्णय कानुनजस्तै कार्यान्वयन हुनेछन् भने केही घोषणा हुनेछन् ।

कार्यकारी आदेश राष्ट्रपतिको एक प्रकारको आदेश हो । यसलाई कार्यान्वयन गर्न कंग्रेसको अनुमोदन आवश्यक पर्दैन। आदेश कानून सरकारका नीतिहरू लागू गर्ने एक तरिका हो, तर तिनीहरूलाई अदालतमा चुनौती दिन सकिन्छ।

आफ्नो पहिलो कार्यकालमा ट्रम्पले २२० कार्यकारी आदेश जारी गरेका थिए जसमध्ये धेरै अदालतमा विवादको हिस्सा बनेका थिए। यसको तुलनामा जो बाइडेनले १६०, ओबामाले २७७ र बुशले २९१ आदेश जारी गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ