गण्डकीका स्वास्थ्य सचिव शर्माको सरुवा, बगालेको पदस्थापन
हाम्रा कुरा
प्रकाशित २०८१ माघ ८ मंगलबार
688
Shares
पोखरा । गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्माको सरुवा भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रादेशिक स्वास्थ्य तालिम केन्द्रमा सरुवा गर्ने निर्णय गरेको थियो ।
शर्माको स्थानमा डा. विश्वबन्धु बगालेलाई ल्याइएको छ । बगालेले यसअघि पनि गण्डकीकै स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका थिए ।
२०७९ असोज ५ मा गण्डकीमा आएका बगाले करिब ३ महिना काम गरेर अध्ययन बिदामा बसेका थिए ।
केही महिना अध्ययन बिदामा बसेका बगालेलाई पुनः मन्त्रालयमै फर्काइएको हो । उनको सोमबार पदस्थापन भएको छ ।