पोखरा । तनहुँमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा देवघाट गाउँपालिका वडा नं ५ का ६७ वर्षीय सोमबहादुर गुरुङ छन् ।
समाचार स्रोतका अनुसार गुरुङ सोमबार गोठालो गएका थिए । सोही क्रममा बिजुलीको पोल बाँधेर भुइँमा गाडिएको तार छुइँदा उनलाई करेन्ट लागेको थियो । गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।
आफन्तजनले विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेको र गुरुङको मृत्यु भएको दावी गरेका थिए ।
त्यसपछि माफी माग्दै विद्युत प्राधिकरणले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन सहमत भएको थियो ।
साथै गुरुङको परिवारले कीरिया खर्च स्वरुप २५ हजार रुपैयाँसमेत पाउने समेत सहमति भएको थियो । सहमतिसँगै परिवारजनले शव बुझेका छन् ।