arrow

रहिनन् महिला नेतृ आचार्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १३ आइतबार
mahila-sang-new....jpeg

तनहुँ । नेपाल महिला सङ्घ तनहुँकी पूर्वसभापति शशी आचार्यको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा शनिबार राति ८:४५ बजे निधन भएको हो । 

व्यास नगरपालिका–३ निवासी आचार्य केही समयदेखि अस्वस्थ थिइन् । उनको आज दमौलीस्थित मादीसेती घाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । आचार्यले महिला हक अधिकार र उत्थानका लागि अतुलनीय योगदान गरेकी थिइन् । 

आचार्यको निधनप्रति विभिन्न दलका नेताहरुले दु:ख प्रकट गरेका छन् । नेकपा (एमाले) राष्ट्रियसभाका प्रमुख सचेतक भगवती न्यौपानेले लोकतान्त्रिक आन्दोलनमा अमूल्य योगदान पुर्‍याउने आचार्यको निधनले अत्यन्त मर्माहत भएको उल्लेख गर्दै परिवारजनमा समवेदना व्यक्त गरेकी छन् । 

नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य, संविधानसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले राजनीतिक र महिला आन्दोलनमा उल्लेखनीय योगदान गरेकी आचार्यको निधनप्रति दु:ख व्यक्त गरेकी छन् । 

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले आचार्यको निधनले नेपाली काङ्ग्रेसलाई क्षति पुगेको उल्लेख गरे । लोकतन्त्र प्राप्तिको आन्दोलनमा उनले पुर्‍याएको योगदान सधैं उच्च रहने भण्डारीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ