arrow

सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस

सम्पत्ति शुद्धीकरण निवारणका लागि अनुसन्धान र अभियोजनको कामलाई तीव्रता दिन जरुरी - अर्थमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १४ सोमबार
bishnusss.jpg

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्पत्ति शुद्धीकरण निवारणका लागि सम्बन्धित निकायहरूले अनुसन्धान र अभियोजनको कामलाई तीव्रता दिन जरुरी रहेको बताएका छन् । उनले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायहरूले समन्वयात्मक रूपमा काम गरी अनुसन्धान र अभियोजनलाई प्राथमिकताका साथ काम गर्न आवश्यक रहेको बताए । उनले आगामी दिनमा अन्तर्राष्ट्रिय संस्थाहरूले बनाएको मापदण्ड परिपालना र आफैले निर्माण गरेको कानून र नियमावलीहरूको कार्यान्वयनमा उत्कृष्ट हुनुपर्नेमा जोड दिए । उनले निर्दोष दण्डित हुँदैन र दोषीले उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्ने उल्लेख गरे । 

उनले सम्पत्ति शुद्धीकरणमा दोषी भएका जो कसैलाई पनि दण्डित गरिने उल्लेख गरे । उनले निर्दोष दण्डको दायरामा आउँदैनन् भन्ने मानक स्थापित गर्ने हिसाबले आउने दिनमा प्रभावकारी काम हुनुपर्नेमा जोड दिए । अर्थमन्त्री पौडेलले सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्रै नभएर विश्वकै भएको उल्लेख गरे । उनले धेरै मुलुकहरू यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्ने प्रयासमा रहेको बताए । उनले नेपाल सरकारले पनि आवश्यक कानून निर्माण केही प्रयास गरिरहेको बताए । 

उनले भने,‘ सम्पत्ति शुद्धीकरणको समस्या नेपालको मात्रै समस्या नभएर विश्वकै समस्या हो । धेरै मुलुकहरू यो समस्याबाट बाहिर आउन, समाधान गरी वित्तीय स्वच्छता र सुशासन कायम गर्नका लागि प्रयास गर्दै आएका छन् । नेपाल सरकारले पनि केही प्रयास गरिरहेको छ । सरकारले आवश्यक कानून निर्माण गरेको छ । नियम,संरचना निर्माण गरेको छ । अनुसन्धान र अभियोजनका कामकारबाहीलाई अघि बढाएको छ । यसरी केही महत्त्वपूर्ण काम गरेकै छ । तर यो बीचमा जति गर्न सक्नुपर्ने हो त्यति गर्न सकेका छैनौँ । सम्पत्ति शुद्धीकरणको विषयमा नेपालले विश्वसामु उच्च मनोबलका साथ प्रस्तुत हुन सक्थ्यो । त्यो अवस्था रहेको छैन । पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुबिधामुक्त रूपमा अगाडि बढ्न सक्नुपर्ने थियो । कुनै अनुसन्धानमा छैनौँ । कसुर जन्य सम्पत्ति शुद्धीकरणको विरुद्धमा सम्पत्ति शुद्धीकरण निवारणको अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाएका छौँ भनेर गर्व गर्न सक्ने हुनुपर्ने थियो ।तर यो बीचमा प्रभावकारी र तत्परताका साथ कामहरू हुन सकेका छैनन् । आउने दिनमा अन्तर्राष्ट्रिय संस्थाहरूको परिपालना र आफैले निर्माण गरेको कानूनको कार्यान्वयनमा हामी उत्कृष्ट हुनुपर्छ । अनुसन्धान अभियोजनको कामलाई तीव्रता दिन जरुरी छ । निर्दोष दण्डित हुँदैन । दोषीले पनि उन्मुक्ति पाउँदैन भन्ने मानक स्थापित गर्न सक्नुपर्छ । सम्पत्ति शुद्धीकरणमा दोषी भएका जो कसैलाई दण्डित गर्छ । निर्दोष कसैले पनि भयवित हुनुपर्दैन । उनीहरू दण्डको दायरामा आउँदैनन् भन्ने मानक स्थापित गर्ने हिसाबले आउने दिनमा प्रभावकारी काम हुनेछन् । हामी देशभित्र विश्वसामु सम्पत्ति शुद्धीकरण निवारणको प्रश्नमा उत्कृष्ट राष्ट्रको पहिचान स्थापित गर्न सक्नेछौँ भन्ने अपेक्षा छ ।’ 

उनले अनुसन्धान र अभियोजनका काम,कारबाहीलाई अघि बढाएको उल्लेख गरे । उनले यो बीचमा सम्पत्ति शुद्धीकरण निवारणका लागि धेरै काम गर्नुपर्ने भए पनि सोचेअनुसार काम नभएको स्वीकार गरे । उनले नेपालको पहिलो र दोस्रो चरणको मूल्याङ्कन पार गरेर अघि बढेको नेपाल तेस्रो चरणमा आइपुग्दा दुबिधामुक्त रूपमा अगाडि बढ्न सक्ने अवस्था नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ