-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरेली सैनिकको आक्रमणमा २५ जनाको मृत्यु भएको र १६० जना घाइते भएको जनाएको छ ।
सोमबार इजरेली आक्रमणको क्रममा एक व्यक्तिको मृत्यु भएको र अन्य २६ जना घाइते भएका थिए ।
आइतवार बिहानदेखि, सयौं लेबनानी बासिन्दाहरू आफ्नो सीमावर्ती गाउँहरूको बाहिरी इलाकामा भेला भएका छन् ।
लेबनानी बासिन्दाहरू इजरेलले लगाएको अवरोधहरू पार गर्दै पैदल यात्रा गरेर आफ्नो घरतिर लागेका छन् ।
तर, इजरेली सेनाले सिमानामा फर्किएका नागरिकहरूमा गोली हानेको छ ।
सन् २०२४ नोभेम्बर २७ मा लागू भएको हिजबुल्लाह र इजरेली सेनाबीच जारी युद्धविराम सम्झौताको बावजुद यी घटनाहरू आएका छन् ।