arrow

तीन लाख १७ हजार कित्ता शेयर लिलामी बिक्री खुला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
nlg-insurance-share.jpg

काठमाडौँ । एनएलजी इन्स्योरेन्सले आजदेखि ३ लाख १७ हजार ५३३.२२ कित्ता शेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता शेयर रहेको छ ।  

आवेदन दिने अन्तिम म्याद माघ २७ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज क्यापिटलले गर्नेछ । 

यसअघि इन्स्योरेन्सले मंसिर ११ गतेदेखि पुस १६ गतेसम्म ९६ लाख ३१ हजार २२०।२२ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी  सेयर कम्पनीले अब लिलामीमा ल्याउन लागेको हो ।  

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । 

यसमा संस्थापक समूहमा न्यूनतम १० हजार कित्ता र सर्वसाधारण समूहतर्फ १०० कित्ताका लागि आवेदन दिन सकिनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ