arrow

फेरि पनि चल्न दिएनन् विपक्षीले संसद

सभामुख छलफलमा, ४ बजे बैठक फेरि बस्ने

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
samsad-new.jpeg

काठमाडौं । एमाले लगायत विपक्षी दलले सोमबारको संसद बैठक समेत अवद्ध पारेका छन् । विपक्षी सांसदको विरोधपछि ओनसरी घर्तीमगरले अपरान्ह ४ बजेसम्मका लागि बैठक स्थगित गरेकी छन् ।

विपक्षी दलका सांदले बैठक बस्नासाथ आ–आफ्नो ठाउँबाट उठेर विरोध गरेपछि  अपरान्ह ४ बजे सम्मको अवधिमा सभामुख घर्तीले दलका नेताहरुसँग सहमतिको प्रयास गर्ने भन्दै बैठक स्थगित गरेको संसद सचिवालयले जनाएको छ ।

सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार सभामुखले दलका नेतालाई राखेर छलफल गरिरहेकी छन् । सभामुख घर्तीले दलहरुलाई जति सक्दो चाँडो सदनको अवरोध खुलाउन आग्रह गर्दै आएकी छन् । संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसद चल्न नदिने विपक्षी दलको अडान कायमै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ