arrow

१ लाखको नक्कली जग्गा कायम गरेर ८ करोड ठगि, गिराेहका ३ पक्राउ

डिल्लीबजार मालपोत र चितवन मालपोतको मिलेमतो

logo
प्रकाशित २०७३ पुष १८ सोमबार
thag.jpg.jpeg

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले नक्कली जग्गा धनी बनेर तीन बिगाह जग्गा विक्रि गरी ठगि गर्ने गिरोहका ३ जनालाई पक्राउ गरेको छ । मोरङ, ईटहरा–३ बस्ने ४८ वर्षे देबेन्द्र थापा, झापा, गौरीगञ्ज–५, हुक्कागाछी, ढुकुरपानीका ४६ वर्षीय नगेन्द्र कार्की र खोटाङ खल्ले–७ का ३४ वर्षे मिन बहादुर भट्टराई पक्राउ परेका हुन् । थापा र कार्की एकै दिन मंसिर ३० गते सुनसरी इटहरीबाछ पक्राउ परेका र  भट्टराई पुस ६ गते ललितपुर लगनखेलबाट पक्राउ परेका व्यूरोले सोमबार जानकारी दिएको छ ।

चितवन, भण्डारा –२ बस्ने लोकेन्द्र राज पाठकको नामको भण्डारा –२ कै कित्ता नम्बर १०८२ को क्षेत्रफल ३–१–५ (तीन बिगाह एक कठ्ठा पाँच धुर) जग्गा देबेन्द्र थापाको गिरोहले डिल्लीबजार मालपोत कार्यालय तथा चितवन मालपोत कार्यालयका कर्मचारीसँग मिलेमतो गरी विक्रि गरेको प्रहरीको ठहर छ ।

जग्गाधनी लोकेन्द राज पाठकको नागरिकता तथा जग्गा धनी पूर्जा कीर्ते बनाई आफै जग्गाधनी बनेर डिल्लीबजार मालपोतबाट २०६६ फागुन २८ गते सो जग्गाको मूल्य १ लाख मात्र राखेको र  चितवन मालपोतबाट जग्गा बिक्री गर्ने लोकेन्द राज पाठक तथा जग्गा खरीद गर्ने नक्कली जीवन राज पाठकले मकवानपुरको नेचुरल फ्लावर एण्ड हर्बल प्रालि कम्पनीलाई ४९ लाख ५० हजारमा राजीनामा बिक्री गरी ठगी गरेको देखिएको छ ।  

जग्गा खरिद पछि सुरुमा हिमालय बैंकमा धितो राखेर ५ करोड कर्जा लिईसकेपछि हर्बल कम्पनीले सोही कर्जा प्राईम बैंकमा काठमाडौंका थप ३ वटा घर समेत धितो राखि २०६९ साउन १६ मा ८ करोड ऋण लिएको खुल्न आएको प्रहरीले जनाएको छ । ठगिमा संलग्न अन्य अभियुक्तहरुको व्यापक खोजी भइरहेको बताइएको छ ।

कसरी गरे ठगी ?

  1. वास्तवीक जग्गा धनी लोकेन्द्रराज पाठकको उक्त जग्गाको जग्गा धनी पुर्जाको प्रतिलिपी  चितवन जिल्लामा जग्गाको कारोवार गर्ने व्यक्तिहरुबाट देवेन्द्र थापाको गिरोहले जग्गाको लालपुर्जाको प्रतिलिपी प्राप्त गरी सो जग्गा धनीलाई थाहै नदिई जग्गा धनी लोकेन्द्र राज पाठकको नागरिकता तथा उक्त जग्गा धनी पुर्जा समेत कीर्ते खडा गरी निजको भतिजा नाता पर्ने जीनव राज पाठकलाई बेजिल्ले पास गर्ने गरी जिल्ला झापा, गौरीगंज गा.वि.स. वडा नं. ५, हुक्कागाछी, ढुकुरपानी बस्ने बर्ष ४६ का नगेन्द्र कार्की जीवन राज पाठक बनी कीर्ते नागरिकता खडा गरी मालपोत कार्यालय, डिल्लीबजार, काठमाण्डौंबाट सो  कार्यालयका कर्मचारीहरुसँग मिलेमतो गरी मिति २०६६/११/२८ गते  बेजिल्ले पास गरेका थिए ।
  2. बेजिल्ले पास भएपछि सो कागजात मालपोत कार्यालय, डिल्लीबजार, काठमाण्डौंबाट कर्मचारी वा हुलाकबाट जग्गा भएको मालपोत कार्यालय चितवनमा पठाउनु पर्नेमा सोही गिरोहले नै उक्त सक्कल कागजातहरु मालपोत कार्यालय, चितवनमा बुझाउने गरी आफ्नो जिम्मामा लिन सफल भई रु. १ लाख मा पास भएको जग्गालाई अगाडी कीर्ते गरी २ को अंक थपी रू. २१ लाख जग्गाको मुल्य बनाई चितवन मालपोत कार्यालयमा पेश गरी निज नक्कली जीवन राज पाठकको नाममा उक्त जग्गा दाखिला खारेज गरी निज जीवन राज पाठकको नामबाट मिति २०६६/१२/०९ गते मकवानपुर स्थीत नेचुरल फ्लावर एण्ड हर्बल प्रा.लि., कम्पनीलाई रु. ४९ लाख ५० हजारमा राजिनामा बिक्री गरी ठगी गर्न सफल भएका थिए ।
  3.  उक्त जग्गा मालपोत कार्यालय, डिल्लीबजार, काठमाण्डौंबाट बेजिल्ले पास भई स्रेस्ता निजै गिरोहले आफ्नो साथमा लिई गई मालपोत कार्यालय चितवनमा कार्यरत कर्मचारीहरुसँग मिलेमतो गरी दाखिला खारेज गरी पेश गरेकोमा कर्मचारीहरुले स्रेस्ता नभिडाई, रु. १ लाख रजिष्ट्रेशन पासको बिगोलाई आफै कीर्ते गरी रू. २१ लाख बनाएको नक्कली कागजातको आधारमा निज नक्कली जीवन राज पाठकको नाममा दाखिला खारेज गरी सकेपछि उक्त गिरोहले मकवानपुर स्थीत नेचुरल फ्लावर एण्ड हर्बल प्रा.लि., कम्पनीलाई रु. ४९ लाख ५० हजारमा बिक्री गरेका थिए ।

पीडितले जग्गा फिर्ता गर्न गरेको प्रयास :

  1. पीडितले आफ्नो जग्गा कीर्ते गरी बेच बिखन भैसकेको थाहा पाएपछी लिखत बदरको लागी चितवन जिल्ला अदालतमा उजुरी दिए (उक्त मुद्दा विचाराधिनमा रहेको )
  2. कीर्ते नागरिकता, जग्गा धनी पुर्जा खडा गरी आफ्नो जग्गा बिक्री गर्ने गिरोहको खोजि र कारवाहीको लागी महानगरीय प्रहरी परीसर, अपराध महाशाखा काठमाण्डौं तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिएका थिए भने अन्तिममा यस व्यूरोमा समेत उजुरी दिएका थिए ।

हुन सक्ने अधिकतम सजाय

  • नागरिकता कीर्ते गरेकोमा नागरिकता ऐन, २०२० अनुसार १ देखि ५ वर्ष सम्म कैद सजाय र रु. २० हजारदेखि रू. १ लाख सम्म जरीवाना वा दुबै ।
  • सरकारी छाप दस्तखत कीर्ते गरेकोमा १ वर्ष सम्म कैद सजाय, बिगो बराबर जरीवाना वा दुबै ।
  • ठगी गरेकोमा ५ वर्ष सम्म कैद सजाय र बिगो बराबरको जरीवाना ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ