काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमाका दिनसम्म एक महिना विधिपूर्वक मनाइने स्वस्थानीको व्रत आज समापन हुँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरू गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो ।
नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ महात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ।
व्रतको अन्तिम दिन आज साँखुस्थित शालिनदीमा श्रद्धालुहरूले स्वस्थानीको अन्तिम स्थान गरेका छन् ।