arrow

 भ्रष्टाचार निवारण विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ६ मंगलबार
parliament-81-11-5.jpg

काठमाडौँ । ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट गृहमन्त्री रमेश लेखकले सभा समक्ष पेस गरेको विधेयक सभाले सर्वसम्मतिले पारित गरेको हो । 

सोही अवसरमा विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले नागरिकको सुख, शान्ति तथा आर्थिक हित, समाजमा आर्थिक अनुशासन, नैतिकता र सदाचार कायम राख्न र भ्रष्टाचार अन्त्य गर्न विधेयक ल्याउनु परेको प्रष्ट पारे । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सभासमक्ष ‘अन्तर्राष्ट्रिय श्रम सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डको संयन्त्रहरू (महासन्धि, प्रोटोकल र सिफारिस) सम्बन्धी प्रतिवेदन’ पेस गरेका थिए । 

प्रतिनिधि सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ