arrow

कुन मुद्रा कतिमा हुँदैछ आज खरिद बिक्री ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ११ आइतबार
nepal-rastra-bank-new-81-5-27.jpg
तस्बिर – फाइल ।

काठमाडौँ  । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । 

 बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार एक अमेरिकी डललको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसा कायम गरिएको छ । 

आइतबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ९५ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५८ पैसा तोकिएको छ । 

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७५ रूपैयाँ १५ पैसा र बिक्रीदर १७५ रूपैयाँ ९१ पैसा कायम गरिएको छ । 

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ४७ र बिक्रीदर ८८ रूपैयाँ ८५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ५५ पैसा र बिक्रीमा ९७ रूपैयाँ ९७ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ २१ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०८ पैसा तथा बिक्री दर १९ रूपैयाँ १६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७१ पैसा कायम गरेको जनाइएको छ । 

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९८ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ १५ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ९२ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०८ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ ४७ पैसा कायम गरेको छ । 

साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ५५ पैसा र बिक्रीदर ४५० रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६७ रूपैयाँ ३८ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ९७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ