arrow

अर्थ समितिको बैठक

शाहीलाई कार्कीको जवाफ- अर्थमन्त्रीको हैसियतमा एमसीसीमा मैले हस्ताक्षर गरेको हुँ [भिडियो]

ट्रम्पले बोलेको कुरामा गम्भीर भएर छलफल गर्नुपर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ११ आइतबार
gyanendra-karkis.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार बनेको बेलामा हस्ताक्षर गरिएको सम्झाएका छन् । 

अर्थ समितिको आइतबारको बैठकमा उनले केही दिनअघि एक जना सांसदले कसको पालामा हस्ताक्षर भएको हो भन्दै प्रश्न गरेको भन्दै आफू अर्थमन्त्री रहेको समयमा माओवादी र कांग्रेसको संयुक्त सरकारको तर्फबाट आफूले हस्ताक्षर गरेको बताए । 

समितिको अघिल्लो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कसको पालामा हस्ताक्षर भएको भन्दै प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै उनले एमसीसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल सबैले एमसीसी परियोजना अघि बढाएको बताए । 

सरकारको नेतृत्व गर्नेहरू सबैले एमसीसी परियोजना अघि बढाएको भन्दै संसद्बाट एमसीसी अनुमोदन भएको बताए । यसबारेमा छुट्टै समीक्षा गर्न सकिने उनको भनाइ छ । अमेरिकाले अन्तर्राष्ट्रिय जगतमा दिने अनुदानहरूको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोलेको कुरामा गम्भीर भएर छलफल गर्नुपर्ने बताए । 

उनले भने, ‘एक जना मान्यज्युले यहाँ बोल्नुभयो । एकदम भाइरल बनेर आएको छ । एमसीसीको बारेमा बोल्नुभयो । एमसीसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल जसले जसले सरकारको नेतृत्व गर्नुभयो, सबैले एमसीसी अघि बढाउनुभएको थियो । एमसीसीको कसले सही गरेको भन्नुभयो । मैले सही गरेको हो । तर संयोगले सही गर्दा माओवादी र हाम्रो संयुक्त सरकार थियो । अनि त्यसलाई अनुमोदन संसद्ले गरेको हो । यी सबै विषयलाई कसरी प्रस्तुत गर्ने, समीक्षा गर्ने त्यसको पनि समीक्षा गरौँला । अमेरिकाको राष्ट्रपतिले के सन्दर्भमा भनेका छन्, त्यो सन्दर्भका निमित्त पनि हामीले गम्भीर भएरै छलफल गर्नुपर्छ । अन्तर्राष्ट्रिय जगतमा दिने एडको सन्दर्भमा अमेरिकन सरकारले जे किसिमको नीति बनाउँछ, सिनेटले त्यसबाट पारित भएका कुराहरु अनुसार नै अघि बढ्ला ।’

उनले भन्सारसम्बन्धी कानूनमा भइरहेको छलफललाई नै निरन्तरता दिने हो भने कार्यकालभर छलफलमा मात्रै सीमित हुने स्थिति बनेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ