arrow

हटाइयो ताप्लेजुङको निषेधाज्ञा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १३ मंगलबार
taplejung-curfew-cancel.jpg

ताप्लेजुङ । ताप्लेजुङमा फागुन ११ गते बिहानदेखिको निषेधाज्ञा हटाइएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना निकालेर राति ११ बजेबाट लागू हुने गरी निषेधाज्ञा हटाइएको जानकारी दिएको हो । जिल्ला सुरक्षा समितिको फागुन १३ मा बसेको बैठकको सिफारिस बमोजिम निषेध आदेश हटाइएको सूचनामा उल्लेख छ ।

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सदरमुकाम फुङलिङ र पाथीभराको काफ्लेपाटी क्षेत्रमा निषेध आदेश जारी गरेका थिए ।

पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकारको विषयमा फागुन ८ देखि ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप भएको थियो । झडपको क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीतर्फ २४ जना घाइते भएका थिए । 

आन्दोलनकारी तर्फका १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ