arrow

नेपाल र म्यानमारबीचको खेलको टिकट सबै बिक्री, दर्शक चार घण्टाअघिदेखि रंगशालामा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
dasharath-stadium-81-11-14t.jpg

काठमाडौँ  । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलको फाइनल खेलको टिकट सबै बिक्री भएको छ । दर्शक खेल शुरु हुनु चार घण्टाअघिदेखि नै दशरथ रंगशालामा पुगिसकेको जनाइएको छ ।

साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलमा नेपाल र म्यानमार भिड्दै छन् । उक्त फाइनलको सबै टिकट बिक्री भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

फिफा वरियतामा ५५ औँ स्थानमा रहेको बलियो टिम म्यानमारलाई लिग चरणमा रोकेको नेपाली टिम फाइनलका लागि उत्साहित देखिएको छ ।

नेपाल फिफाको १०३ औँ वरीयतामा रहेको छ । 

लिग चरणमा दुवै टिमले २–२ को बराबरी खेलेका थिए । चार ओटै गोल मध्यान्तरअघि नै भएका थिए । 

नेपालले अहिलेसम्म उपाधि नजितेकाले यो खेल उपाधिका लागि निकै महत्वपूर्ण रहेको छ । 

dasharath-stadium-81-11-14t (1).jpg
dasharath-stadium-81-11-14t (2).jpg
dasharath-stadium-81-11-14t (3).jpg
dasharath-stadium-81-11-14t (4).jpg
dasharath-stadium-81-11-14t (5).jpg
dasharath-stadium-81-11-14t (6).jpg
dasharath-stadium-81-11-14t (7).jpg
dasharath-stadium-81-11-14t (8).jpg
dasharath-stadium-81-11-14t (9).jpg
dasharath-stadium-81-11-14t (10).jpg
dasharath-stadium-81-11-14t (11).jpg
dasharath-stadium-81-11-14t (12).jpg
dasharath-stadium-81-11-14t (13).jpg
dasharath-stadium-81-11-14t (14).jpg
dasharath-stadium-81-11-14t (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ