arrow

अमेरिकामा अपमानित भएपछि बेलायत पुगे जेलेन्स्की

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १७ शनिबार
Volodymyr Zelenskyy.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अमेरिकाको असफल भ्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की बेलायतको लन्डन पुगेका छन् । लन्डन पुगेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टारमरसँग भेटवार्ता गर्ने बीबीसीले उल्लेख गरेको छ ।

त्यस्तै जेलेन्स्कीले लन्डनमा आइतबार युरोपेली नेताहरुको समिटमा भाग लिने बताइएको छ । युक्रेन युद्धको विषयमा छलफल गर्न बेलायती प्रधानमन्त्री स्टारमरले युरोपेली नेताहरुको समिट गर्न लागेका हुन् ।

ह्वाइटहाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तनावपूर्ण घटनाक्रमपछि जेलेन्स्की अमेरिकासँग कुनै सम्झौता नगरी बेलायत पुगेका छन् ।

उनले सामाजिक सञ्जालमा युक्रेनलाई सहयोग गरेकोमा अमेरिकालाई धन्यवाद दिँदै युक्रेन अमेरिकासँग खनिज सम्झौता गर्न तयार रहेको तर सुरक्षा ग्यारेन्टी हुनुपर्ने दोहोराएका छन् । उनले सुरक्षा ग्यारेन्टी बिनाको युद्धविराम युक्रेनका लागि खतरनाक हुने पनि बताएका छन् ।
जेलेन्स्कीमाथि ट्रम्पको हप्कीदप्की, जेलेन्स्कीलाई तेस्रो विश्वयुद्ध निम्त्याउन खोजेको ट्रम्पको आरोप



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ