arrow

रास्वपाका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ, रवि लामिछानेलाई धक्का  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १८ आइतबार
mohan-thapa-rsp-arrest.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन् । सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका रास्वापाका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका विश्वासपात्र थापालाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो । 

अमेरिकी आप्रवासन र भन्सार प्रवर्तनले थापालाई एक साता अगाडि पक्राउ गरेको अमेरिकाबाट सञ्चालन हुँदै आएको समाज टाइम्स अनलाइनले जनाएको छ । नेपालबाट अमेरिका जाँदै गर्दा थापा पेन्सिल्भेनियाको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । 

उनलाई अहिले फिलाडेल्फिया संघीय हिरासत केन्द्रमा राखिएको छ । बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) का संस्थापक अध्यक्ष थापा मेरिल्याण्ड बाल्टिमोर बासिन्दा हुन् ।

पछिल्लो समय उनी नेपालको राजनीतिमा सक्रिय रहेका थिए । रवि लामिछानेको निकट रहेर काम गरेका थापा पक्राउ परेसँगै रविलाई पनि धक्का लागेको छ । 

त्यसो त थापा पहिलेदेखि नै समय समयमा विवादित हुँदै आएका छन् । थापा यस अगाडि पनि मेरिल्याण्डमा सवारी लाइसेन्स दुरुपयोग अभियोगमा जेल बसेका व्यक्ति हुन् । 

थापा ग्रिन कार्ड होल्डर हुन् । 

समाज टाइम्ससँग थापाका बारेमा कुराकानी गर्दै लामो समयदेखि अमेरिकामा कानून व्यवसाय गर्दै आएका वरिष्ठ अधिवक्ता खगेन्द्र जिसीले थापाको विषयमा पूर्ण विवरण आइनपुगेको बताएका छन् । 

उनले भनेका छन्, ‘चार्ज सिट आइ पुगेको छैन, ठ्याक्कै के हो भनेर अहिलेसम्म भन्ने स्थिति छैन। जिसीले ग्रिन कार्ड भएको व्यक्ति लामो समय अमेरिका बाहिर बस्दा सोधपुछ गर्ने गरेको पाइएको भए पनि थापाको बारेमा अन्य के कति कारणले पक्राउ परेका हुन अहिले नै भन्न नसकिने बताए । 

ग्रिन कार्ड भएको व्यक्ति धेरै पटक ओहोरदोहोर गर्दा वा लामो समय अमेरिका भन्दा बाहिर बस्दा आईसले प्रश्न गर्न सक्ने जिसीले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ