arrow

युक्रेनलाई मिसाइल किन्न बेलायतले थप १.६ अर्ब पाउण्ड दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १९ सोमबार
starmer-zelensky.jpg

काठमाडौँ । एक दर्जनभन्दा बढी पश्चिमी नेताहरूको सहभागितामा मध्य लन्डनमा रहेको ल्यान्कास्टर हाउसमा रक्षा शिखर सम्मेलन सम्पन्न भएको छ । बेलायती प्रधानमन्त्री केयर स्टारमरद्वारा आयोजित यो बैठक एक हप्ताको गहन कूटनीतिक वार्तापछि भएको थियो । 

युक्रेनको लागि शान्ति योजना अगाडि बढाउनमा केन्द्रित थियो । शिखर सम्मेलन पछि पत्रकार सम्मेलनमा स्टारमरले घोषणा बेलायतले युक्रेनलाई ५ हजार भन्दा बढी वायु रक्षा मिसाइलहरू किन्न १.६ अर्ब पाउण्ड ब्रिटिस निर्यात वित्त प्रयोग गर्न अनुमति दिने घोषणा गरे । 

उनले युक्रेनमा शान्तिको ग्यारेन्टी गर्न चार चरणको योजना पनि अनावरण गरे । एक दर्जनभन्दा बढी युरोपेली राष्ट्रप्रमुखहरू र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायत पश्चिमी नेताहरू युक्रेनको शान्ति योजनालाई अगाडि बढाउने उद्देश्यले रक्षा शिखर सम्मेलनको लागि आइतबार लन्डनमा भेला भएका थिए ।

यसअघि बेलायतले युक्रेनको रक्षा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले युक्रेनलाई २.८ बिलियन डलर ऋण सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ