arrow

फेवातालमा फसेका तीन पर्यटकको सकुशल उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २० मंगलबार
fewatal.jpg

पोखरा । एक्कासी आएको हावाहुरीका कारणपोखरास्थित फेवातालमा फसेका तीन पर्यटकको सकुशल उद्धार गरिएको छ ।

आज दिउँसो हावाहुरीको कारण फेवातालमा पसेका बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं २ का ४३ वर्षीय राजन उप्रेती, ४५ वर्षीय केशव दाहाल र ४७ वर्षीय विष्णुहरि दाहालको सकुशल उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्याडल बोटमार्फत बोटिङमा रमाइरहेका अवस्थामा एक्कासि हावाहुरी आउँदा उनीहरु अत्तालिएका थिए ।

घटनाको जानाकारी प्राप्त हुनेबित्तिकै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की फेवाताल रेस्क्यु टावरमा खटिएको सुरक्षा फौजले मोटरबोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ