[अपडेट] यसअघि युगान्डा ७६ रनमा रोकिएको जानकारी दिइएको थियो । पछि सच्याइएको थियो ।
काठमाडौँ । युगान्डामा भइरहेको चार देश सम्मिलित महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले युगान्डाविरुद्ध खेलिरहेको छ ।
जितका लागि नेपालले ७६ रनको चुनौती पछ्याइरहेको छ । खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै युगान्डालाई ७५ रनमा रोक्यो । युगान्डाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन बनाएको हो ।
इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा पूजा महतोले ३ तथा इन्दू वर्माले २ विकेट लिइन् ।
जारी प्रतियोतिामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजय भोगेको नेपाल आज पहिलो जितको खोजीमा छ ।
हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने पहिले खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।
जारी शृङ्खलामा नेपाल, युगान्डा, नामिबिया र हङकङको सहभागिता छ ।