arrow

लायन्स गभर्नरमा हुमागाईं

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
durga-humagain-lions.jpg

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालको डिष्ट्रिक्ट गभर्नरमा दुर्गाप्रसाद हुमागाईं निर्वाचित भएका छन् । 

डिष्ट्रिक्ट पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले सञ्चार उद्यमी हुमागाईंलाई गभर्नरमा निर्वाचित गरेको हो ।

सफल मिडिया हाउसका सञ्चालक हुमागाई १९ वर्षदेखि लायन्समा सक्रिय छन् । उनी लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्वअध्यक्ष हुन् । 

महाधिवेशनले प्रथम भाइस डिस्ट्रिक्ट गभर्नरमा रमेश अधिकारी र द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नरमा विष्णुहरि फुयाँललाई निर्वाचित गरेको छ ।

गभर्नर हुमागाईले आफ्नो क्याविनेट सेक्रेटरीमा ट्रिजा ढकाल, डिष्ट्रिक्ट ट्रेजररमा रामकुमार लामिछाने, डिष्ट्रिक्ट चिफ एड्भाइजरमा टीकाराम सापकोटा, डिष्ट्रिक्ट चिफ पिआरोमा शैलेन्द्र दाहाल र डिष्ट्रिक्ट चिफ एडमिनिष्ट्रेटरमा हसन कुमार गोपालीलाई मनोनित गरेका छन् । 

गभर्नर हुमागाईंले आफ्नो कार्यकाललाई स्वर्णिम र स्मरणीय वर्ष बनाउने प्रतिवद्धता जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ