चार देशीय महिला टी–२० मा नेपाल र हङकङ मैदानमा, टस जितेर नेपाल बलिङमा
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २६ सोमबार
679
Shares
काठमाडौँ । युगाण्डामा भइरहेको चार देशीय टी–२० महिला क्रिकेट श्रृंखलाको तेस्रो खेलमा नेपालले हङकङसँग खेलिरहेको छ । नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ ।
यो श्रृंखलामा नेपालले खेलेका दुई खेलमध्ये एक जित र एक हार बेहोरेको छ । त्यस्तै हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
पहिलो चरण सकिएसँगै नेपालले दोस्रो चरणमा मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।