arrow

निरश खेलिरहेको नेपाल आज युगाण्डासँग भिड्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
t20-nep-ugenda.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । युगाण्डामा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलामा नेपालले आज आयोजक युगाण्डाको सामना गर्दैछ ।

खेल नेपाली समय अनुसार अपरान्ह ४ः४५ बजेदेखि शुरु हुनेछ । पहिलो चरणको खेलमा नेपालले युगाण्डामाथि मात्र संघर्षपूर्ण जित हासिल गरेको थियो । सोअनुसार आज पनि विजयी प्रदर्शन गर्ने आशा गर्न सकिन्छ । 

तर जारी श्रृंखलामा नेपालले निरश प्रदर्शन गरिरहेको छ । नेपालले खेलेका ४ खेलमा १ जित र ३ हार बेहोरेको छ । नेपालले यसअघि नामिबियासँग दुवै खेल र हङकङसँग एक खेलमा हार बेहोरेको थियो । 

यो खेलपछि अब नेपालले भोलि हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ