arrow

युगाण्डासँग नेपालको लज्जास्पद हार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २९ बिहिबार
t20-nep-ugenda.jpg

काठमाडौँ । युगाण्डामा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलामा नेपाल सबैभन्दा कमजोर सावित भएको छ । नेपालले बिहीबार युगाण्डासँग ४० रनको हार बेहोरेसँगै सबैभन्दा कमजोर सावित भएको हो । 

जितका लागि ९२ रनको चुनौती पछ्याएको नेपालले १७.१ ओभरमा अलाउट हुँदै ५१ रनमात्र बनायो । कविता जोशीले १२ तथा इन्दू वर्माले ११ रन बनाएबाहेक कसैले दोहोरो स्कोर जोड्न सकेनन् । 

त्यस्तै पाँच खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । यसअघि युगाण्डाले टस जितेर पहिले ब्याटिङ गर्दै रीता मुसामालीको ३८ रनको मद्धतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनायो । 

रीया शर्माले २ विकेट लिइन् भने पूजा महतो, ईश्वरी विष्ट र रविना क्षेत्रीले १–१ विकेट लिए ।  

पहिलो चरणको खेलमा नेपालले युगाण्डामाथि संघर्षपूर्ण जित हासिल गरेको थियो । यसपालि भने बलिङ र ब्याटिङ दुवै ध्वस्त भयो । 

यो हारसँगै नेपालले पुछारतिरै रहेर तेस्रो र चौथो स्थानको भिडन्त गर्ने भएको छ । 

जारी श्रृंखलामा नेपालले निरश प्रदर्शन गर्ने क्रममा खेलेका ५ खेलमा १ जित र ४ हार बेहोरेको छ । नेपालले यसअघि नामिबियासँग दुवै खेल र हङकङसँग एक खेलमा हार बेहोरेको थियो । 

अब नेपालले शुक्रबार हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ