arrow

महिला क्रिकेट टिमलाई कमजोरी सुधार्ने मौका, हङकङविरुद्ध खेल्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १ शुक्रबार
t20-nep-25-3-9.jpg

काठमाडौँ । युगाण्डामा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखला अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले आज हङकङविरुद्ध खेल्दैछ ।

नेपाली समय अनुसार यो खेल दिउँसो १२ः४५ बजेदेखि शुरु हुनेछ । यस श्रृंखलामा कमजोर प्रदर्शन गरिरहेको नेपाललाई यो खेल कमजोरी सुधार्ने अवसरको रुपमा रहेको छ । 

किनकि यसअघिका खेलमा कमजोर प्रदर्शन गरेसँगै नेपाल फाइनल पुग्ने होडबाट बाहिरिएको छ । 

नेपालले खेलेका ५ खेलमा १ जित र ४ हार बेहोरेको छ र फाइनलको दौडबाट बाहिरिएको छ । नेपालले यसअघि नामिबियासँग दुवै पटक  तथा हङकङ र युगाण्डासँग एक एक खेलमा हार बेहोरेको थियो । त्यस्तै आयोजक युगाण्डालाई एक खेलमा पराजित गरेको थियो । 

मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ