arrow

पोखरामा पहिलो पटक ‘अटो शो’ हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
wada-pokhara-nepal.jpg

पोखरा । पोखरामा पहिलो पटक ‘अटो शो’ आयोजना हुने भएको छ ।

अटोमोबाइल्स एशोसियसन अफ नेपालको प्रस्तुतिमा पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसियसन (वाडा)ले यही चैत १४ देखि १७ गतेसम्म अटो प्रदर्शनी आयोजना गरेको हो ।

पोखरा-१२ स्थित अमरसिंह खेलकुद मैदानमा हुने प्रदर्शनीमा १९ वटा ब्राण्डका चार पाङग्रे, छ वटा ब्राण्डका लाइट कमर्सियल, सात वटा ब्राण्डका दुई पाङ्ग्रेलगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, पाटपूर्जा आदिका २० वटा व्यावसायिक स्टल रहने बताइएको छ ।

वाडाका उपाध्यक्ष एवं अटो शोका संयोजक निरन केसीले उक्त शो आयोजनाका लागि करिब रुपैयाँ खर्च हुने बताए ।

सवारी साधनको खरिदबिक्री सँगै यस क्षेत्रमा भइरहेको प्रविधिको विकासबारे सवारी धनी, ग्राहक एवं सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको उनले बताए ।

अर्थतन्त्र शिथिल भएको अहिलेको अवस्थामा केही मात्रामा भएपनि आर्थिक गतिविधि चलायमान बनाउन यो प्रदर्शनीले मद्दत पुग्ने उनको विश्वास छ ।

उनले भने, “नाडाको अटो शो पहिलोपटक काठमाडौँ बाहिर हुन लागिरहेको छ ।”

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिका प्रदर्शनीको प्रवद्र्धकका रुपमा रहेको छ ।

चार दिनको सो प्रदर्शनी करिब ३५ हजार आगन्तुकले अवलोकन गर्ने वाडाको दावी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ