पोखरा । पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।
लागुऔषध कारोवार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा म्याग्दी घर भइ हाल पोखरा-११ रानीपौवा बस्ने २६ बर्षकी एलिना सोतोन्जा पुन, कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ का ४१ वर्षीय सार्जन गुरुङ र माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ बस्ने ३० बर्षीय सुजन गुरुङ छन् ।
उनीहरुको साथबाट लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) तीन सय ४० मिलिग्राम, बुप्रिनर्फिन एक सय ४४ एम्पुल, डाईजापाम एक सय ४३ एम्पुल, फेनरागन एक सय ४२ एम्पुल गरी जम्मा चार सय २९ एम्पुल बरामद भएको छ ।
पक्राउ परेका तीन जनाविरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषधसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।