arrow

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको मतगणना जारी, चम्लागाईं अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
ndda-election-2081.jpg

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशन अन्तर्गत नेतृत्व परिवर्तनका लागि भएको मतदानको मतगणना जारी रहेको छ । 

खसेको ४७० मतमध्ये तीन सय मत गणना भइसकेको छ । जसमा अध्यक्षका उम्मेदवार माधवप्रसाद चम्लागाईंले फराकिलो अग्रता हासिल गरेका छन् । 

अध्यक्षका लागि चम्लागाईंसहित विकास थापा र कल्पना खड्का मैदानमा छन् । थापा र खड्का भने पछाडि परेका छन् ।  

तीन सय मतमा चम्लागाईँले २२३ मत ल्याइसकेका छन् । त्यस्तै विकासले ५४ तथा कल्पनाले १० मत ल्याइन् । 

यसअघि शनिबार राति ८ बजे सकिएको मतदानको मतगणना बिना कारण रोकिएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणना गर्न निर्देशन दिएसँगै सोमबार बिहान मतगणना शुरु भएको हो । 

अध्यक्ष पदमा माधवप्रसाद चम्लागाईं, विकास थापा र कल्पना खड्का उम्मेदवार छन् । महाधिवेशनमार्फत ३९ जना निर्वाचित १२ जना मनोनित गरेर ५१ जनाको कार्यसमिति चयन हुनेछ ।

जसमा निर्वाचित हुने पदहरू अध्यक्ष एक जना, उपाध्यक्ष (महिला–खुला) दुई जना, महामन्त्री खुला दुई जना, सदस्यहरू ३ महिलासहित खुला १० जना, फरक प्रकारको अपाङ्गताबाट १० जना, प्रत्येक प्रदेशबाट महिला र खुला गरी दुई जनाका दरले १४ जना गरी जम्मा ३९ जनाको निर्वाचन हुने विधानको ब्यवस्था छ । बाँकी १२ जना महिला र समावेशी मिलाई मनोनित हुनेछन् ।

यसमध्ये मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट हरेक प्रदेशबाट एक महिलासहित दुई जनाका दरले १२ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भैसकेका छन् । 

खुलातर्फ तीन महिला सदस्य पनि निर्विरोध भैसकेका छन् भने फरक वर्ग तर्फबाट ७ जना निर्विरोध भैसकेका हुन् । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारबाट चलेको दुई दिने महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्दैछ ।

८९२ मतदातामध्ये ४७० मत खसेको थियो  । मतदानलाई असर पार्न र मतदातालाई प्रभावित गर्न कतिपय जिम्मेवार संघका नेताहरुले आफ्नै पार्टीको बीपी स्मृति भवनमै भौतिक संरचना तोडफोड गर्न उत्रेका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ