arrow

अस्कलमा गणतन्त्रवादीले १२०६ मत ल्याउँदा राजावादी ७३ मा सीमित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ११ सोमबार
tu-student-election-always.jpg

काठमाडौँ । काठमाडौँको अमृत साइन्स क्याम्पस अस्कलको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा राजतन्त्र पक्षधरले जम्मा ७३ मत प्राप्त गरेको छ ।

अस्कल क्याम्पसको स्ववियु निर्वाचनमा समानुपातिक मत परिणामअनुसार राजतन्त्र पक्षधर मानिएको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले जम्मा ७३ मत प्राप्त गरेको हो ।

गणतन्त्रवादी विद्यार्थी संगठनले १२०६ मत प्राप्त गर्दा राजावादी भने ७३ मतमा सीमित भएको विद्यार्थी नेता ऐन महरले जनाएका छन् । जसअनुसार एमाले निकट अनेरास्ववियुले सबैभन्दा बढी ६७२, नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले २७४ र नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संगठनले २६० मत प्राप्त गरेको छ ।

यहाँ एमाले निकट अखिलले विजय हासिल गरेको थियो । अस्कल क्याम्पसमा अध्यक्षमा रुद्रहरी पोखरेल तथा सचिव गोपाल शाहीसहित अखिलको पूरै प्यानल दोब्बर मतले विजयी भएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ