arrow

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
bishnu-pokhrel-pnccc.jpg

पोखरा । पोखरास्थित पृथ्वीनारायण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल प्यानलसहित विजयी भएका छन् ।

पोरखरेल खसेको दुई हजार आठ सय ९७ मध्ये एक हजार एक सय पाँच मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेविसंघका सुशिल न्यौपानेले पाँच सय तीन मत प्राप्त गरे ।

यस्तै स्वत्रतन्त्र उम्मेद्वार विप्लवी न्यौपानेले चार सय ९६ मत प्राप्त गरिन् । अध्यक्ष पदमै क्रान्तिकारीका नवीन अधिकारीले दुई सय २३, संयुक्त प्यानलका सन्तोष पौडेलले एक सय ९६, स्वतन्त्र कमल सुवेदी ९९, प्राज्ञिक परिषद्का दिप्सन गुरुङले ७९ र अखिल छैटौँका मिलन सुनारले २८ मत प्राप्त गरे ।

स्ववियुको पदाधिकारीमा पनि अनेरास्ववियुकै उम्मेद्वार विजयी भए । जसमा अनेरास्ववियुबाट सचिवका उम्मेद्वार विराट दुवाडीले एक हजार चार सय १३, कोषाध्यक्षमा सन्दिका गुरुङले एक हजार तीन सय चार मत प्राप्त गरी विजयी भए ।

सचिवमा नेपाल विद्यार्थी संघका विवेक भट्टराईले छ सय २८, अखिल क्रान्तिकारीका मिराज थापा मगरले दुई सय ९३, प्राज्ञिक विद्यार्थी परिषद् नेपालका अभिषेक बिष्टले एक सय १८, संयुक्त प्यानलका किरण खड्काले दुई सय ४९ मत प्राप्त गरेका छन् ।

यसैगरी कोषाध्यक्षमा नेविसंघका अमिशा यादवले छ सय ४७, अखिल (क्रान्तिकारी)का सिर्जना शर्माले दुई सय ४४, संयुक्त प्यानलका सचिन पौडेलले तीन सय ६० र प्राज्ञिक विद्यार्थी परिषद् नेपालका अम्बिका धिमालले एक सय २४ मत प्राप्त गरेका छन् ।

यस्तै सदस्यमा पनि अनेरास्ववियुकै उम्मेद्वार विजयी भए । जसमा जसमा एलिशा भट्टराईले एक हजार एक सय ८७, सुशिल अधिकारी एक हजार दुई सय ३७, विशाल लम्साल एक हजार दुई सय ८२, प्रचण्ड शक्ति गुरुङ एक हजार दुई सय ५८, बृषभ चालिसेले एक हजार दुई सय २६, अनुजराज अधिकारीले एक हजार दुई सय ३७, जमुना शर्माले एक हजार दुई सय ५४ र सुजन शर्मा सापकोटाले एक हजार एक सय ९६ मत प्राप्त गरेका छन् ।

क्याम्पसमा नौ हजार दुई सय ७० विद्यार्थी रहेकामा दुई हजार आठ सय ९७ मतदानमा सहभागी भए । राष्ट्रिय स्तरमै चर्चामा रहेको पृथ्वीनारायण क्याम्पसमा २०६५ सालपछि स्ववियु निर्वाचन भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ