arrow

मनकामना केबलकार चैत १४ गते बन्द हुने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
manakamana cable car.jpg

पोखरा । मनकामना केबलकार चैत १४ गते बिहीबार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सोमबार एक सूचना प्रकाशित गरी चैत १४ गते बिहीबार केबुलकार मर्मत सम्भारका लागि सेवा बन्द हुने जनाएको हो ।

मनकामनना केबुलकारको नियमित टावरको मर्मत सम्भार गर्नुपर्ने भएकाले एक दिनका लागि बन्द गर्न लागिएको बताइएको छ ।

मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जल शेरचनका अनुसार वटम स्टेशनस्थित रेस्टुरेन्ट सेवा भने यथावत रुपमा सञ्चालन हुनेछ ।

२०५५ सालदेखि गोरखाको मनकामनामा मन्दिरमा केबुलकार सञ्चालनमा ल्याइएको हो ।

२६ वर्षअघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्ने कार्य सम्पन्न भएपछि पुनः त्यसको मर्मत कार्य गर्नुपर्ने भएको मनकामना केबलकार प्रालिले जनाएको छ ।

केबुलकार बन्दले दर्शनर्थीलाई परेको असुविधाप्रति मनकामना केबुलकारले क्षमायाचन गर्दै चैत १५ गते शुक्रबारदेखि पुनः सञ्चालनमा ल्याइने जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ