प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले गरे पदभार ग्रहण
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १२ मंगलबार
767
Shares
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्। मङ्गलवार साँझ रत्नपार्कस्थित प्राधिकरणको मुख्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।
शाक्यलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो। तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएर शाक्यलाई नियुक्त गरेको थियो।