arrow

रविको निलम्बन फुकुवा भएन, सभामुखले बुझाए कानून 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १९ मंगलबार
ravi-81-12-19u.jpg

काठमाडौँ । सहकारी ठगी मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद निलम्बन कायमै रहेको छ । मंगलबार निलम्बन फुकुवा गर्नका लागि सभामुख देवराज घिमिरेलाई भेट्न गएका रविले फुकुवाको आग्रह गरे पनि सभामुख घिमिरेले भने फुकुवा गर्न नसक्ने बताएका हुन् । 

सभामुख घिमिरेले आफूले नभइ कानूनतः पद निलम्बित भएको भन्दै फुकुवा गर्न नसक्ने जानकारी दिएका हुन् । उनले रविलाई कानूनसमेत बुझाएका छन् । 

यसअघि पनि लामिछाने सांसद पद फुकुवा गरिदिन सभामुखलाई भेटेका थिए । उनले गत माघ १८ गते निवेदनसहित सभामुखलाई भेटेका थिए । 

गत सोमबारदेखि पार्टी सभापतिको जिम्मेवारी सम्हालेपछि रविले निलम्बित सांसद पद फुकुवाको लागि सभामुखलाई दबाब दिएका हुन् ।

तर उनीमाथि सहकारी ठगीसहितका मुद्दाहरु अदालतमा कायमै छन् । उनी चार ओटा सहकारीमा ठगी गरेको आरोपमा २ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका छन् । 

पर्साको पाँचौँ सहकारीबाट अहिलेसम्म उनलाई पत्र आइसकेको छैन । 

लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि सङ्घीय संसद् सचिवालयले गत पुस ८ गते सूचना निकालेर सांसद पद निलम्बन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ