arrow

देशका अमूल्य सम्पदाको संवर्द्धनमा तीन तहकै सरकारले ध्यान दिनुपर्छ - राष्ट्रपति [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
rastapati-poudel.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने जरुरी रहेको बताएका छन् । आइतबार ललितपुरमा ललितपुर म.न.पा.१६ पाटन दरबार स्थितजिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, नेपाल र नेपालीको शान र पहिचान भएको उल्लेख गरे । 

उनले अनुपम भौगोलिक विविधताले सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानको रूपमा कयौँ रमणीय स्थलहरू रहेको बताए । उनले अनगिन्ती मठ मन्दिर, शक्तिपीठ, तीर्थस्थलहरू नेपालको सभ्यता संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गरे । देशका यस्ता महत्त्वपूर्ण स्थलको संरक्षण र संवर्द्धन गरी पुर्खाको मेहनत, परिश्रम र चिनोको रूपमा कयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व भएको जिकिर गरे । 

राष्ट्रपति पौडेलले भने, ‘देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा, नेपाल र नेपालीको शान र पहिचान हुन् । अनुपम भौगोलिक विविधताले सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको वरदानको रूपमा कयौँ रमणीय स्थलहरू छन् । अनगिन्ती मठ मन्दिर, शक्तिपीठ, तीर्थस्थल छन् । यी हाम्रो सभ्यता संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएका छन् । देशका यस्ता महत्त्वपूर्ण स्थलको संरक्षण र संवर्द्धन गरी पुर्खाको मेहनत, परिश्रम र चिनोको रूपमा कयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो । त्यसैले बहुजाति भाषा, परम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवर्द्धनमा तीन तहकै सरकारले ध्यान दिनुपर्ने जरुरी छ ।’

राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिक स्तरको सचेतना, जागरूकता र चासो आवश्यक रहेको बताए । भावी सन्ततिका लागि सम्पदाहरू पुर्खा र इतिहासलाई बुझ्ने महत्त्वपूर्ण कडी भएको जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ