arrow

अफगानिस्तानलाई १६८ रनमै रोक्यो नेपालले 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
nep-afg-u19-25-4-6.jpg

काठमाडौँ । नेपाल यू–१९ र अफगानिस्तानको यू–१९ क्रिकेट टोलीबीच तीन खेलको एक दिवसीय शृङ्खलाअन्तर्गत आज दोस्रो खेल भइरहेको छ । 

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा सबै विकेट गुमाएर १६८ रनमात्र बनाउन सक्यो । कप्तान महबुब खानले ५८ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा सन्तोष यादवले ३, सिब्रिन श्रेष्ठ र बिपिन शर्माले २–२ तथा अभिषेक तिवारी र अपराजित पौडेलले १–१ विकेट लिए । 

जवाफमा मैदानमा उत्रेको नेपालले ठोस शुरुआत गरेको छ । 

यू–१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीस्वरुप नेपाल र अफगानिस्तानले अभ्यास खेलिरहेका हुन् ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो । अफगानिस्तानले तीन खेलको श्रृंखलामा १–० को अग्रता लिइसकेको छ ।  

यो श्रृंखलामा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ । 

अर्को साता नेपालमा नै आयोजना हुने एसिया छनोटमा नेपाल र अफगानिस्तान, हङकङ, यूएई र ओमानले प्रतिस्पर्धा गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ