arrow

रवि लामिछाने कारागार चलान [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २५ सोमबार
sravi-lam.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्ककका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् । सोमबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासबाट आदेशको मिसिल उपलब्ध भएपछि प्रहरीले लामिछानेलाई अदालतमा पेश गरेर कारागार चलान गरेको हो । 

अदालत पुर्‍याउने बित्तिकै लामिछानेलाई थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरी कारागार चलान गरिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रवार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण पूरा गरl लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ